बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा नेता गजुरेल भन्छन्– केही तत्वहरु पार्टी फुटे ठूलो भाग खाउँला भनेर बसेका छन्

नेकपा नेता गजुरेल भन्छन्– केही तत्वहरु पार्टी फुटे ठूलो भाग खाउँला भनेर बसेका छन्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले ९५ प्रतिशत नेता–कार्यकर्ता पार्टी एकताकै पक्षमा रहेको दाबी गरेका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले ९५ प्रतिशत नेता–कार्यकर्ता पार्टी एकताकै पक्षमा रहेको दाबी गरेका छन्। अहिले कसैले पनि पार्टी विभाजन होस् भन्ने नचाहेको उनले बताए।

‘९५ प्रतिशत नेता–कार्यकर्ता एकताकै पक्षमा छन्। बाँकी तत्वहरु पार्टी फुटे ठूलो भाग खाउँला भन्ने आशम छन्,’ नेपाल समयसँगको कुराकानीमा गजुरेलले भने। उनले पार्टी एकता पक्षधर शक्ति हावी भए एकतालाई अघि बढाएर लैजाने र फुट परस्त पक्ष हावी भए फुटन्े बताए। 

नेता गजुरेल पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानमा सक्रिय रुपमा लागेका छन्। २८ कात्तिकमा बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। 

भोलि शनिबार नेकपाको सचिवालय बैठक बस्दैछ। उक्त बैठकमा दाहालको प्रस्तावको प्रत्युत्तरसहित प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेश गर्दैछन्। यसकारण पनि भोलिको बैठकलाई महत्वका साथ हेरिएको छ। 

प्रकाशित: Nov 27, 2020| 12:30 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।