बिहीबार, भदौ २५, २०८३

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

सुर्खेत– कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।

बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गरेको हो। नारायण नगरपालिका वडा नं. २ दैलेख निवासी खड्काले प्राकृतिक स्रोत विषयमा विद्यावारीधि गरेका छन्।

यसअघि राज्य पुनर्संरचना आयोग सदस्यसमेत भइसकेका खड्का राजनीतिक हिसावले नेकपाका नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

तत्कालिन कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मी कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएपछि उपाध्यक्ष पद दुई महिनादेखि रिक्त थियो ।

त्यस्तै मन्त्रीपरिषद बैठकले वीरेन्द्रनगर–९ का झकबहादुर मल्ललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा नियुक्त गरेको प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 
 

प्रकाशित: Nov 27, 2020| 11:49 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।