बिहीबार, भदौ २५, २०८३

प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ

सीमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ परेका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

विराटनगर– सीमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ परेका छन्।

भारतबाट सामान नेपाल ल्याउन नदिएको भन्दै नेपाल–भारत सीमा नाकामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्ने भारत अररिया जोगवनी  छोटी मस्जिदका २७ वर्षीय जुबेर मन्सुरी र सोही स्थानकी ३० वर्षीया अप्सना खातुनलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल–भारत आवतजावत तथा तस्करीजन्य कार्य गर्नेहरुलाई रोक्न खोज्दा प्रहरीमाथि हातपात गर्ने मटेरुवा प्रहरी चौकीबाट सीमामा खटिएबम प्रहरीमाथि हातपात तथा बलजफ्स्ती गर्ने क्रममा एक जना प्रहरी जवानको पोसाक च्यातिदिएको आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरुलाई पक्राउ गरेका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए। 

कोरोना भाइरसको उच्च जोखिमका कारण सीमानाका बन्द छ । नाका बन्द भएको अवस्थामा अवैध बाटो हँुदै तस्कारहरुको समूहले अझै पनि लुकिछिपी भारतबाट सामान ल्याउने गरेका छन्।
 

प्रकाशित: Nov 27, 2020| 11:15 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।