बिहीबार, भदौ २५, २०८३

४०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

देशभर ४०८ जना कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– देशभर ४०८ जना कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये ५४ जना भेन्टिलेटरमा र ३५४ जना संक्रमित आईसीयूमा छन्। 

आईसीयू र भेन्टिलेटरमा भएकामध्ये प्रदेश–१ मा ३७ जना आईसीयू र १० जना भेन्टिलेटरमा, प्रदेश–२ मा ४ जना आईसीयू र १ जना

भेन्टिलेटरमा, बागमतीमा ११५ जना आईसीयू र २९ जना  भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। 

सबैभन्दा बढी गण्डकी प्रदेशमा ११७ जना संक्रमित आईसीयूमा छन्। गण्डकीमा ११ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

त्यस्तै लुम्बिनी प्रदेशमा ६४ जना आईसीयू र २ जना भेन्टिलेटरमा भएको मन्त्रालयको तथ्यांक छ। 

कर्णाली प्रदेशमा ११ जना आईसीयू तथा सुदूरपश्चिममा ६ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन्। 

शुक्रबार लुम्बिनी प्रदेशमा कोही पनि संक्रमिलाई भेन्टिलेटरमा राखिएको छैन। 

कुल १७ हजार २३७ जना संक्रिय संक्रमितमध्ये  १० हजार ९४४ जना होम आइसोलेसनमा छन्। 

प्रकाशित: Nov 27, 2020| 11:10 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।