बिहीबार, भदौ २५, २०८३

सशस्त्रका आठ डीआईजी र एक एसएसपीको काज सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको काज सरुवा गरिएको हो। 

सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, प्रवक्तासमेत रहेका राजु अर्याललाई कार्य तथा सीमा सुरक्षा विभागबाट पशुपतिनाथ बाहिनी काठमाडौंमा सरुवा गरिएको छ।

नारायणदत्त पौडेललाई मानव स्रोत विभागबाट मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, कृष्णभक्त बह्मचार्यलाई छिन्नमस्ताबाट कार्य तथा सीमा सुरक्षा विभाग, हरिशंकर बुढाथोकीलाई वैद्यनाथ बाहिनीबाट सीमा तथा सुरक्षा विभागमा सरुवा गरिएको छ।

यस्तै राजेन्द्र बस्नेतलाई मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र हरीशचन्द्र अधिकारीलाई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानवस्रोत विभागमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। 

सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक अभिकुमार खत्रीलाई पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा काज सरुवा गरिएको छ। 
 

प्रकाशित: Nov 27, 2020| 08:54 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।