बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–भारत सम्बन्ध चारवटा पिलरले बलियो बनाइरहेका छन् : भारतीय विदेशसचिव

नेपाल–भारत सम्बन्ध चारवटा पिलरले बलियो बनाइरहेका छन् : भारतीय विदेशसचिव

उनले विकास सहयोग, कनेक्टिभिटी, वृहत पूर्वाधार विकास र आर्थिक परियोजनाले नै दुई देशबीचको सम्बन्ध मजबुत बनाउने काम गरिरहेको बताए।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृंगलाले नेपाल र भारतबीच सम्बन्ध मजबुत बनाउन चारवटा पिलरले काम गरिरहेको बताएका छन्।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार बिहान आयोजना गरेको एक कार्यक्रममा उनले विकास सहयोग, कनेक्टिभिटी, वृहत पूर्वाधार विकास र आर्थिक परियोजनाले नै दुई देशबीचको सम्बन्ध मजबुत बनाउने काम गरिरहेको बताए।

सम्बोधनको सुरु नेपाली भाषामा गरेका उनले विदेश सचिवका हैसियतले पहिलोपटक नेपाल आउन पाउँदा निकै उत्साहित भएको बताए। 
‘भारत नेपालको एक महत्त्वपूर्ण साझेदार हो,’ उनले भने,‘ दुवै देशबीच सहकार्य आवश्यक छ।’

शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, संस्कृति, कृषि, युवा तालिम, क्षमता विकासलगायतका क्षेत्रमा भारत सरकारले गरेको सहयोग प्रभावकारी रहेको उनको भनाइ छ।  

‘भौगोलिक क्षेत्र, सांस्कृतिक क्षेत्र, नागरिकको रहनसहन र अन्य विषय नेपाल भारतबीच एकनासको छ,’ उनले भने, ‘एकअर्कासँग सदीयौंदेखिको भाइचारको सम्बन्ध छ।’ 

उनले द्विपक्षीय सम्बन्ध प्रभावकारी रुपमा अघि बढाउन त्यतिकै जरुरी रहेको प्रस्ट पारे। 

विदेश सचिव शृंगलाले  केही वर्षयता दुई देशबीचको सम्बन्धमा केही उतार चढाव देखिएको बताउँदै आगामी दिन सम्बन्धलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए।

भारतले अघि सारेको सबका साथ, सबका विकास र सबका विश्वास भन्ने नारा र नेपालले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा एक अर्कासँग मिलेको उनको भनाइ छ। 

दुईदिने औपचारिक भ्रमणका लागि बिहीबारदेखि भारतीय विदेश सचिव  शृंगला काठमाडौंमा छन्। 

द्विपक्षीय वार्तामा सहभागी भएका उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरे। 

प्रकाशित: Nov 27, 2020| 07:45 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।