बिहीबार, भदौ २५, २०८३

उर्लाबारीमा सात जना जुवाडे पक्राउ

मोरङको उर्लाबारी–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

विराटनगर– मोरङको उर्लाबारी–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा खटिएको टोलीले तासको खालबाट उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा उर्लाबारी–९ का ४८ वर्षीय बाबुराम कार्की, ४६ वर्षीय डम्बर लिम्बू, उर्लाबारी– ८ का २६ वर्षीय विमल डाँगी, २७ वर्षीय जीवन मगर, ३२ वर्षीय गोविन्द पुरी, खोटाङ घर भई उर्लाबारी–९ मा बस्ने ६७ वर्षीय कुविरमान तामाङ र उर्लाबारी–३ का ४२ वर्षीय विष्णु राउत छन्। 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तास खेलिरहेका बेला पक्राउ परेकाहरुको साथबाट तीन लाख २५ हजार एक सय ५५ रुपैयाँ नगद र तीन बुक तास पनि बरामद भएको जानकारी दिए। 

प्रकाशित: Nov 27, 2020| 05:21 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।