बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर अस्पतालमा ४५ मिनेटको अन्तरमा २ कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा ४५ मिनेटको अन्तरमा २ कोरोना संक्रमितको मृत्यु

भरतपुरको सरकारी अस्पतालमा ४५ मिनेटको फरकमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

चितवन- भरतपुरको सरकारी अस्पतालमा ४५ मिनेटको फरकमा आज (शुक्रबार) २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय पुरुषको बिहान ५ः१५ बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० की ५७ वर्षीया महिलाको  बिहान ६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । 

भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय पुरुषलाई मंसिर ३ गते संक्रमण पुष्टि भएको थियो ।  उनको स्वास्थ्य अवस्था जटिल भएसँगै दुई दिनपछि मात्र अस्पताल आएका थिए ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० की ५७ वर्षीया महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्यस्थिति बिग्रन थालेपछि ११ गते अस्पताल भर्ना गरिएको थियो ।

अहिलेसम्म चितवनका ८९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसमा चितवनबाहिरबाट उपचारका लागि ल्याइएकाहरूको संख्या जोडिएको छैन । 

प्रकाशित: Nov 27, 2020| 05:19 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।