बिहीबार, भदौ २५, २०८३

गुल्मीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको  जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको  जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। 

इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा केहिबेरअघि मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । 

यसअघि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अक्षामी र ८० वर्षीय सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । 

आज बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । 

जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालकको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 


 

प्रकाशित: Nov 27, 2020| 04:54 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।