मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुलुकको क्षमता कमजोर छ, ठूला राहत प्याकेज आश नगर्नुस् : प्रधानमन्त्री 

मुलुकको क्षमता कमजोर छ, ठूला राहत प्याकेज आश नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको क्षमता कमजोर भएकोले ठूला राहतका प्याकेज आश नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको क्षमता कमजोर भएकोले ठूला राहतका प्याकेज आश नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभाको उद्घाटन गर्दै बिहीबार प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायी र तीन तहका सरकार मिलेर मात्रै अहिलेको समस्यालाई पार लगाउन सकिने बताएका हुन्। 

कोरोनाले बलिया र कमजोर सबैखालका अर्थतन्त्र भएका मुलुकलाई तहसनहस बनाएको भन्दै ओलीले ठूला अर्थतन्त्रले राहतको प्याकेज ल्याएको र पुनरुत्थानमा लागेको बताए। उनले भने, ‘हाम्रो मुलुक र सरकारको क्षमतालाई हेरेर मात्र अपेक्षा गर्नुस्, धेरै ठूलो प्याकेज ल्याउन सरकारले सक्दैन।’ 

सरकारले व्यवसायीको हकहितमा काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमै लगानी बढाउन व्यवसायीसमक्ष आग्रह पनि गरेका छन्।

विदेशी लगानी भित्र्याउन सरकार लागिपरेको भन्दै ओलीले भने, ‘नेपाली व्यवसायीले पनि स्वदेशमै लगानी गर्नुस् र रोजगारी बढाउनुस्।’
 

प्रकाशित: Nov 26, 2020| 08:14 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्