काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल पर्यटन बोर्डले बुधबार आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्र्रियामा उनले अझै केही समय बाह्य पर्यटकको आवागमन कम हुने भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनका प्याकेज बनाउन आग्रह गरेका हुन्।
कार्यक्रममा पर्यटन व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए।
व्यवसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले प्रवेशाज्ञा खुला गरे पनि विदेशी पर्यटक नआउने भन्दै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरे।
पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गरेका छन्। रासस