मंगलबार, भदौ ३०, २०८३

दसैंमा भित्रियो ९३ अर्ब १३ करोड रेमिट्यान्स 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिमा नेपालमा ५.१ प्रतिशतले रेमिट्यान्स घटेको थियो। 

महिनागत रुपमा हेर्ने हो भने असोज महिनामा मात्र ९३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। भदौ मसान्तसम्ममा १६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ९२ अर्ब ७० करोड आएकोमा भदौमा ७३ अर्ब ०३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

यस वर्ष कात्तिक १ गतेदेखि दसैं परेको हुँदा दसैंका लागि पठाउने रकम असोजभित्रमा नै पठाइसक्ने भएकोले असोज मसान्तसम्ममा आएको रकम दसैंका लागि आएको भन्न सकिने राष्ट्र बैंकको भनाइ छ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो। 

त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित: Nov 25, 2020| 10:40 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्