मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला–नगर अध्यक्षको भेला

चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला–नगर अध्यक्षको भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।

आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफू नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने बताए।

‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उनले भने, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिएँ भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भए पनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’ 

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाएको बताउँदै आफू नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए।

कार्यक्रममा ७० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए । भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफूहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफूहरु चुनावसम्म खटिने समेत बताएका थिए।
 

प्रकाशित: Nov 25, 2020| 09:54 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्