शनिबार, असोज १७, २०८३

‘बजाज पल्सर एभरेष्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

यस वर्षको ‘बजाज पल्सर एभरेष्ट प्रिमयिर लिग’ प्रत्यक्ष हेर्नका लागि मोबाइल सेवा प्रदायक एनसेलले साथ दिइरहेको छ। एनसेलले क्रिकेट पारखीले एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट इपीएल प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरेको हो।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- यस वर्षको ‘बजाज पल्सर एभरेष्ट प्रिमयिर लिग’ प्रत्यक्ष हेर्नका लागि मोबाइल सेवा प्रदायक एनसेलले साथ दिइरहेको छ। एनसेलले क्रिकेट पारखीले एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट इपीएल प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरेको हो।

एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल)’ को मजा ग्राहकले लिइरहेका एनसेलले जानकारी दिएको हो। यस वर्षको ईपीएल गत असोज ९ गते शनिबारबाट शुरु भएको थियोे।

नव प्रतिभाहरूको प्रवर्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने मान्यताअनुसार एनसेलले ईपीएलको प्रत्यक्ष प्रसारण दर्शकले हेर्न पाउने अवसर प्रदान गरेको हो।

चलिरहेको नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको एनसेलले जानकारी दिएको छ। यसरी पार्टनरको रुपमा जोडिनुले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास लिइएको एनसेलको भनाई छ।

आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । हालको अफ्ठ्यारो परिरिस्थतिमा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको अवस्थामा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहेको एनसेलको भनाई छ।

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्यले नेपालमा ईपीएलको चौथो संस्करण चलिरहेको छ । सन् २०१६ देखि शुरु भएको सो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक हनु सफल भएको छ । चौथो संस्करणको इपीएल विश्वका १५५ देशमा प्रसारण भइरहेको छ। त्यस्तै ४५ करोड जनसंख्याको पहुँचमा इपीएल पुगेको छ। ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए।

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ ।  

छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ । नेपालका लागि इपीएल सच्चा राजदूतको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी चालु सिजनको ईपीएल खेल्न नेपाल आएका छन् । नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न  उत्साहित रहेका उनले ब्याटिङ भने गर्न पाएनन्। यद्यपि नेपालमा परिवारसहीत घुम्न आउने र नेपाली क्रिकेट टोलीलाई पाकिस्तानमा बोलाएर क्रिकेट खेल्नका लागि पहल गर्ने अफ्रिदिले बताएका छन्।


प्रकाशित: Sep 28, 2021| 11:45 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्