सोमबार, भदौ २९, २०८३

मंसिर १७ देखि चन्द्रागिरी हिल्सको आईपीओ

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा आम सर्वसाधारणको लागि आईपीओ जारी गरिने कम्पनीले जनाएको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– चन्द्रागिरी हिल्स प्रालिले यही मंसिर १७ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई लक्षित गरेर ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

कम्पनीले आईपीओ जारी गर्नका लागि गत कात्तिक २८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

अहिले खुलेको आईपीओमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७, साविक थानकोट गाविसका सम्पूर्ण वडा, साविक महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७, ८, थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ गाविसको सबै वडाहरु र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडा) का स्थानीयले मात्रै आवेदन दिन पाउनेछन्। 

उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्री प्रबन्धक  ग्लोबल आइएमई क्यापिटलका अनुसार छिटोमा पुस १ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। 

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा आम सर्वसाधारणको लागि आईपीओ जारी गरिने कम्पनीले जनाएको छ। 

उद्योगी–व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै गर्दा चन्द्रागिरी हिल्सले आईपीओ जारी गर्ने सूचना निकालेको छ।

महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका चन्द्र ढकाल चन्द्रागिरी हिल्सका सञ्चालक हुन्। महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने विधान भएकाले यो पदको प्रतिस्पर्धा अध्यक्षकै लागि हो। 
 

प्रकाशित: Nov 25, 2020| 05:14 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्