सोमबार, भदौ २९, २०८३

दराजका विक्रेतालाई नबिलबाट कर्जा

नबिल बैंक र दराजले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउन सम्झौता गरेका छन्।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं- नबिल बैंक र दराजले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउन सम्झौता गरेका छन्।

उनीहरुले सहकार्य गरी ‘सारथी’ भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहाँ दराजका विक्रेताले आकर्षक सुविधा तथा ब्याजदरको नबिल एसएमई कर्जाका लागि आवेदन दिन सक्नेछन्।

यो कार्यक्रम सबै एसएमई ग्राहकका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकले आवेदन दिन सक्नेछन्। नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र दराज केमुका प्रबन्ध निर्देशक लिनो अल्हेरिङले एक विशेष समारोहमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: Nov 24, 2020| 11:37 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्