सोमबार, वैशाख २८, २०८३

बाइडेनलाई सत्ता सुम्पिन ट्रम्प तयार

अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बर ३ तारिखमा भएको थियो।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता सुम्पिन तयार भएका छन्।

National life

ट्विट गर्दै उनले बाइडेनलाई सत्ता सुम्पिने औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने बताएका हुन्। यद्यपि, आफूले कानुनी लडाइँ जारी राख्ने उनले जनाएका छन्। 

जनरल सर्भिस एडमिनिस्ट्रेसन (जीएसए) ले जो बाइडेनलाई विजेता स्वीकार गरिसकेको छ। ट्रम्पले निर्वाचनको नतिजालाई चुनौती दिँदै आएका छन्। 

जो बाइडेनका समर्थकले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्ने ट्रम्पको घोषणाको स्वागत गरेका छन्। बाइडेनले आगामी जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। 

अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बर ३ तारिखमा भएको थियो।

प्रकाशित: Nov 24, 2020| 05:34 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।