सोमबार, भदौ २९, २०८३

‘भूपि पुरस्कार’का लागि कृति पठाउन प्रतिष्ठानको आह्वान

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति पठाउन आह्वान गरेको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

बागलुङ- धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति पठाउन आह्वान गरेको छ। 

सोमबार बसेको प्रबन्ध समितिको बैठकले मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ। यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए।

पुरस्कारको राशि २५ हजार छ। आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार समर्पण गरिने छ। कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्यांकन प्रक्रियामा प्राथमिकता पाउने अध्यक्ष रोशनले बताए।

अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले प्राप्त गरेकी थिइन्।

दोस्रो पुरस्कार संस्थागततर्फ गत वर्ष थकाली समाज बुटवलले पाएको थियो। समाज भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रवद्र्धनमा सक्रिय छ।

भूपि जयन्तीकै अवसरमा प्रतिष्ठानले ‘धवलागिरि साहित्य सम्मान’समेत प्रदान गर्दै आएको छ। यो वर्षदेखि ‘काजी रोशन युवा पुरस्कार’समेत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिए।

विसं  ०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म सात लाखभन्दा बढी जम्मा भएको छ। जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ। विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यको विशिष्ट प्रतिभा हुन्। 

प्रकाशित: Nov 24, 2020| 01:23 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।