शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघीय प्रतिवेदन भन्छ, कोरोनालाई हतियार बनाउँदै आतंकवादी समूह

राष्ट्रसंघीय प्रतिवेदन भन्छ, कोरोनालाई हतियार बनाउँदै आतंकवादी समूह

आतंकवादी तथा कट्टरपन्थी समूहहरुले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसलाई हतियार बनाइरहेको तथ्य सार्वजनिक भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

आतंकवादी तथा कट्टरपन्थी समूहहरुले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसलाई हतियार बनाइरहेको तथ्य सार्वजनिक भएको छ। 

National life

संयुक्त राष्ट्संघीय अन्तरक्षेत्रीय अपराध र न्याय अनुसन्धान संस्थान (यूएनआईसीआरआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आतंकवादी समूहहरु महामारीका विषयमा षड्यन्त्रका विभिन्न कथा फैलाउँदै सरकारहरुको विश्वास कमजोर बनाउँदै छन्। 

अल कायदा र आईएसआईएससँग आबद्ध आतंकवादी समूह कोभिड १९ महामारीको फाइदा उठाउँदै मनगढन्ते कथाहरु फैलाइरहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनअनुसार आतंकवादीहरुले सामाजिक सञ्जालमार्फत ईश्वर नमान्नेहरुलाई भाइरसले सजाय दिइरहेको छ, पश्चिमाको ईश्वरप्रति विश्वास भत्किँदाको कहर हो जस्ता भ्रामक अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्। 

आतंकवादीहरुले कोरोनालाई जैविक हतियारका रुपमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

यस्तै सामाजिक सञ्जालको प्रयोग कट्टरपन्थी समूहलाई आतंकवादी हमलाका लागि प्रोत्साहन गर्न प्रयोग हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ। 

कट्टरपन्थी समूहले आफ्ना समर्थकलाई स्थानीय अल्पसंख्यकहरुलाई कोरोना भाइरस संक्रमण फैलाउन आग्रह गरिरहेका छन्।

प्रतिवेदनमा यूएनआईसीआरआईका निर्देशक एन्टोनिया मारी डी मेयोले लेखेका छन्, 'केही आतंकवादी र हिंसात्मक चरमपन्थी समूहहरुले कोभिड १९ को संक्रमण फैलाउन आतंककारीहरुलाई उक्साउँदै सामाजिक सञ्जालको प्रयोग गर्न खोजेका छन्। यो चिन्ताको विषय हो।' 

प्रतिवेदनमा आतंकवादसँग सम्बन्धित तिमोथी विल्सनको मुद्दालाई उदाहरणका रुपमा लिइएको छ।

विल्सनले अमेरिकाको क्यान्सासस्थित कोरोना भाइरसको उपचार गर्ने अस्पतालमा बम राख्ने षडयन्त्र रचेका थिए।

उनी गत मार्चमा एफबीआईसँगको भिडन्तमा मारिएका थिए। विल्सन नियो नाजी च्यानलमा टेलिग्रामको सोसल मिडिया प्लेटफर्ममा सक्रिय थिए। उनको अन्तिम अनलाइन सन्देश कोभिड १९ को स्रोतका बारेमा यहुदी विरोधी थियो। एएफपी
 

प्रकाशित: Nov 23, 2020| 08:55 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।