शुक्रबार, फागुन २९, २०८२

महाराष्ट्रमा एउटै रुखमा ३ युवकको शव फेला, चौथो फन्दा खाली

भारत महाराष्ट्रको भिवन्डीमा एउटै रुखमा तीनजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

भारत महाराष्ट्रको भिवन्डीमा एउटै रुखमा तीनजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

National life

उनीहरु ६ दिनदेखि बेपत्ता थिए। प्रहरीले आत्महत्याको आशंकामा शव पोस्टमर्टमका लागि अस्पताल पठाएको छ। मृतकहरु नितिन भेरे ३०, महेन्द्र दुभेले ३० र मुकेश गायघाट २२ वर्षका छन्। उनीहरु १४ नोभेम्बर अचानक घरबाट गायब भएका थिए। 

हरेक दिन एकआपसमा भेट्ने र सँगै समय बिताउने तीन युवाले मोक्ष पाउन अथवा धन वर्षा हुने अन्धविश्वासमा आत्महत्या गरेको आशंका गरिएको छ।

उनीहरु झुन्डिएकै रुखमा भेटिएको चौथो फन्दाले प्रहरीलाई झन् सशंकित बनाइदिएको छ। चौथो फन्दा गुलाबी रंगको साडीको छ। 

प्रहरीका अनुसार मृतकमध्ये एक युवा पछिल्लो ६ वर्षदेखि बाबागिरीमा लागेका थिए।  

Laxmi sunrise bank
kumari

मृतक महेन्द्र र मुकेश नातामा मामा–भान्जा पर्छन्। अर्का युवा नितिन पनि नातेदार नै पर्छन्। नितिनले बाबागिरी गर्न थालेपछि आफ्नो घरमा मन्दिर पनि बनाएका थिए र त्यहाँ तन्त्रमन्त्र, चमत्कारका किताब, चक्कु, त्रिशूल, हल्दी–कुमकुम आदि सामान पनि राखेका थिए। मन्दिरमा प्रायः भक्तको भीड लाग्ने गर्थ्यो। महेन्द्र र मुकेश पनि दैनिक नितिनकहाँ आउँथे। 

लक्ष्मीपूजाको दिन नितिन आफ्नी पत्नी मायालाई केही बेरमा आउँछु भनेर घरबाट निस्केका थिए। तर, उनी फर्केर आएनन्। सँगै महेन्द्र र मुकेश पनि बेपत्ता भए। 

प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताएको छ। एक युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। आत्महत्याको आशंका भए पनि पोस्टमर्टम रिपोर्ट आएपछिमात्र यकिन हुने प्रहरीले बताएको छ।

–नवभारत टाइम्स
 

प्रकाशित: Nov 23, 2020| 06:51 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।