शुक्रबार, फागुन २९, २०८२

आसियान एयर खरिद गर्दै कोरियन एयर 

कोरियाको राष्ट्रिय ध्वजावाहक कम्पनी कोरियन एयरले आसियाना एयर खरिद गर्ने भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– कोरियाको राष्ट्रिय ध्वजावाहक कम्पनी कोरियन एयरले आसियाना एयर खरिद गर्ने भएको छ। 

National life

ठूलो कम्पनी खरिद गरेर सञ्जाल विस्तार गर्दै सेवा प्रवाह प्रतिस्पर्धात्मक बनाउन लागेको कोरियन एयरलाइन्सले जनाएको हो। 

फलाइट ग्लोबल डटकमका अनुसार कोरियन एयरले १.६ अर्ब डलर अर्थात् १.८ ट्रिलियन कोरियन वनमा आसियाना एयर खरिद गर्ने तयारी गरेको छ। 

आसियाना खरिदको लागि कोरिया विकास बैंकले कोरियन एयरलाई आठ खर्ब वन कर्जा लगानी गर्दैछ। २५ खर्ब वन भने सेयरधनीमार्फत् उठाउने कम्पनीको योजना छ।

कोरियन एयर सञ्चालक समितिले तयार पारेको प्रतिवेदनअनुसार उड्डयन क्षेत्रलाई स्थायित्व दिनुका साथै कोरोनाबाट हवाई क्षेत्रमा पुगेको क्षतिको पुनर्उत्थानका खरिदले सघाउ पुग्ने छ।  

Laxmi sunrise bank
kumari

त्यस्तै हवाई रुट विस्तार र भाडादर पनि प्रतिस्पर्धी हुने कोरियन एयरको विश्वास छ। 

आसियाना खरिदपछि कोरियन एयर विश्वका १० ठूला वायुसेवा कम्पनीभित्र पर्ने फ्लाइट ग्लोबलले जनाएको छ। 

कोरियामा कोरियन एयरलाइन्सको २३.४ र १६.९ प्रतिशत बजार हिस्सा आसियाना एयरको छ। यी कोरियाका पहिलो र दोस्रो ठूलो हवाई कम्पनी हुन्। 

गत वर्ष कोरियन एयरले अन्तर्राष्ट्रिय उडानतर्फ ३ करोड ४१ लाख र आसियानाले २ करोड ३८ लाख यात्रुलाई सेवा दिएको थियो। 
 

प्रकाशित: Nov 23, 2020| 06:10 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।