सोमबार, साउन ११, २०८३

अमेरिकामा एकैदिनमा १ लाख ९१ हजार संक्रमित थपिए

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकामा थप तिब्रगतिमा फैलिएको छ  । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा अमेरिकामा संक्रमित थपिएको यो पहिलो पटक हो । 

अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । 

जहा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८९ हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । २ लाख ५२ हजार ४६० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ८५३ संक्रमितको मृत्यु भएको छ । 

प्रकाशित: Nov 23, 2020| 02:30 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।