शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा कोरोनाको दोस्रो लहरः  सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह 

पाकिस्तानमा कोरोनाको दोस्रो लहरः  सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन्। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन्। 

National life

उनले आइतबार सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट बच्न अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका हुन्। 

सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ६५ छ भने  ५९ जना संक्रमितको  मृत्यु भएको छ। 

पाकिस्तानमा कोरोना सङ्क्रमित मध्ये अझै ३६ हजार ६ सय ८३ जना देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

‘पाकिस्तानमा कोरोना संक्रमणको दोस्रो लहरको  विगत १५ दिनदेखि चासोको विषय बनेको छ’, प्रधानमन्त्री खानले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन्। 

Laxmi sunrise bank
kumari

उनले भनेका छन्, ‘विश्वका धेरै मुलुकले दोस्रो पटक सङ्क्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका छन्। यदि अहिलेकै तरिकाले सङ्क्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य हुनुपर्नेछ।’  

प्रधानमन्त्री खानले आफूले सामान्य अवस्थामा पुनः लकडाउन गर्न नचाहेको बताउँदै लकडाउनले देशको सुधारउन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताएका छन्।  

यसअघि उनले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्नसमेत आग्रह गरेका थिए।  

प्रकाशित: Nov 22, 2020| 16:35 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।