काठमाडौं– इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा सात जना सुरक्षाकर्मी मारिएका छन्।
समाचार एजेन्सीका अनुसार शनिबारको उक्त हमला आइएसआइएसले गरेको अनुमान गरिएको छ।
शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरूलाई कारबाही गरेको थियो। सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए।
त्यसपछि यो आक्रमण भएको बताइएको छ। यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ। इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ। सो स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ।
त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती बढाएको छ। गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्षित गरेर हमला गर्ने गरेको छ।
शनिबार मारिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ।