बेलायतको ब्रिस्टल सहरमा भएको एक लिलामीमा महात्मा गान्धीको घडी १२ हजार पाउन्ड (करिब १८ लाख ८४ हजार रुपैयाँ) मा बिक्री भएको छ। गान्धीले प्रयोग गरेको उक्त पकेड घडी टुटफुट र जीर्ण भइसकेको थियो।
चाँदीको लेपयुक्त सो घडी गान्धीले सन् १९४४ मा उपहारमा पाएका थिए। गान्धीलाई जसले घडी उपहार दिएका थिए, अहिले उनैका नातिले घडी लिलाममा बेचेका हुन्। अमेरिकामा बस्ने एक संग्रहकर्ताले घडी किनेको बताइएको छ।
यसअघि गत अगस्टमा गान्धीले लगाउने गरेको एउटा चश्मा २ लाख ६० हजार पाउन्डमा बिकेको थियो।
–बीबीसी