सोमबार, वैशाख २८, २०८३

तीन दिनमा २०८ देश घुमेर विश्व रेकर्ड

एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्।

National life

उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्। 

संयुक्त अरब इमिरेट्सकी ती महिला हुन् डा. खावला अल रोमाथी। २०८ देशको यात्रा उनले ३ दिन १४ घण्टा ४६ मिनेट ४७ सेकेन्डमा पूरा गरेकी छन्। 

डा. रोमाथीले १० फेब्रुअरी २०२० मा आफ्नो यात्रा यूएईबाट सुरु गरेकी थिइन्। १३ फेब्रुअरीमा उनले अस्ट्रेलियाको सिड्नीमा यात्रा पूरा गरिन्। गिनिज बुकले उनलाई सबैभन्दा छिटो विश्व यात्रा पूरा गरेको प्रमाणपत्र दिइसकेको छ। 

डा. रोमाथीका अनुसार उनका लागि यो यात्रा सहज थिएन। कतिपय ठाउँमा त बीचमै यात्रा छोडेर घर फर्किन मन लागेको थियो। तर पनि आफ्नो परिवार र साथीभाइको हौसला र विश्वासका कारण यात्रा पूरा गरेको उनले बताएकी छन्।

– नवभारत टाइम्स
 

प्रकाशित: Nov 22, 2020| 01:47 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।