सोमबार, वैशाख २८, २०८३

प्रयागराजमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

भारत उत्तर प्रदेशको प्रयागराजमा विषादी मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जना अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेको बीबीसी हिन्दीले जनाएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

भारत उत्तर प्रदेशको प्रयागराजमा विषादी मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जना अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेको बीबीसी हिन्दीले जनाएको छ। 

National life

सुरुमा शुक्रबार बिहान एकजनाको स्वास्थ्य खराब भएपछि अस्पताल लगिएको थियो। अबेर राति उनको मृत्यु भयो। त्यसपछि अरु पनि क्रमशः बिरामी हुन थाले।

शुक्रबार अपरान्हसम्म कैयौं मानिस अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये ६ जनाको मृत्यु भइसकेको छ। 

प्रयागराज प्रहरीका अनुसार १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ।

मदिरा बिक्री गर्ने पसल सञ्चालक र सेल्सम्यान प्रहरी नियन्त्रणमा छन्। सबैले शुक्रबार गाउँकै एक होलसेल पसलबाट मदिरा खरिद गरेका थिए। 
 

प्रकाशित: Nov 21, 2020| 08:22 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।