शुक्रबार, फागुन २९, २०८२

७८ वर्षमा लागे बाइडेन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको आज शुक्रबार जन्मोत्सव परेको छ। उनी ७८ वर्षमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

वासिङ्टन- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको आज शुक्रबार जन्मोत्सव परेको छ। उनी ७८ वर्षमा प्रवेश गरेका छन्।

National life

उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुनेछन्।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए। अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिँदै आएको थियो।  

उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार वर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ। 

उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन्। 

Laxmi sunrise bank
kumari

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस भने उनीभन्दा झण्डै २० वर्ष कान्छी छन्।

बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने सम्भावना छ।

उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए। त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर थिए। उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए। तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछाडि परेका थिए।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्य अन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो। उनलाई पटक पटक पारिवारिक शोक परेको थियो। उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो। 

सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो। दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क सम्वन्धी समस्याका कारण मृत्यु भएको थियो। उनका चार सन्तान छन्।

उनले उच्च शिक्षा अन्तर्गत कानुन अध्ययन गरेका छन् भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा चिनिन्छन्।

- रासस
 

प्रकाशित: Nov 20, 2020| 11:32 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।