काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने प्रतापगढ जिल्लाको प्रयागराज–लखनऊ राजमार्गमा बिहीबार राती जिप दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ।
प्रतापगढका पुलिस अधिक्षक अनुराग आर्यलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्– हाइवेमा टायर पन्चर भएर सडक किनारमा रोकि राखेको ट्रकमा जिप ठोक्किएको थियो।
जिपमा सवार सबै जना विवाह समारोहमा सहभागी भएर फर्किरहेको बताइएको छ। मध्य राति भएको दुर्घटनामा जिपमा सवार ६ बालबालिका र अन्य आठ जना गरि १४ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
प्रहरी अधिकरीका अनुसार जिप कुण्डा इलाकामा फर्किरहेको थियो। घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका पीडितलाई हरसम्भव सहयोग गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।