शुक्रबार, फागुन २९, २०८२

अब दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा अब मास्क नलगाइ हिड्नेलाई २ हजार जरिवाना गरिने भएको छ ।

National life

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्।

यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकिएको दिल्लीमा मास्क लगाउन धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाइएको मुख्यमन्त्री केजरीवालले बताएका छन् । 

उनले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

दिल्लीमा अहिले कोभिड १९ महामारीको दोस्रो लहर फैलिँदै गएको छ।

Laxmi sunrise bank
kumari

हरेक दिन ७ हजारभन्दा धेरै संक्रमित दिल्लीमा भेटिने गरेको छ । भारतमा बिहीबार ४६ हजार १ सय ८५ जनामा संक्रमण पुष्टि हुँदा दिल्लीमा मात्रै ७ हजार ५ सय ४६ जना संक्रमित भेटिएका छन् ।

दिल्लीमा हालसम्म कोरोनाबाट ५ लाख १० हजारभन्दा धेरै संक्रमित भएका छन् भने ८ हजार ४१ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित: Nov 20, 2020| 02:10 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।