सेलम (परिवर्तित नाम) विगत तीन वर्षदेखि अफ्रिकी मुलुक इथियोपियाको उत्तरी सहर गोन्डरमा देह व्यापारमा संलग्न छिन्।
अधिकारी र सामाजिक कार्यकर्ताहरुका अनुसार यो सहरमा सयौं किशोरीहरु यो धन्धामा बाध्यतापूर्वक संलग्न भइरहेका छन्। कोरोना महामारीका कारण यो संख्या निरन्तर बढिरहेको छ।
सेलमले ११ वर्षको उमेरमा स्कुल छोडेकी थिइन्। त्यसपछि उनी घर फर्कने अवस्थामा थिइनन्। उनले भनिन्, ‘मसँग देहव्यापारमा लाग्नुको विकल्प नै थिएन।’
इथियोपियामा देह व्यापार कानुनी रुपमा वैध मानिन्छ। त्यस कारण यहाँ यस्तो काम गर्नेहरु ठूलो संख्यामा छन्।
किशोरीहरुलाई अन्धाधुन्ध रुपमा यस्तो काममा संलग्न गराइन्छ। त्यहाँको कानुनमा कम उमेरकी किशोरीसँग शारीरिक सम्बन्ध राख्नु दण्डनीय अपराध मानिन्छ। तर उमेर निश्चित गर्न मुस्किल छ।
१४ वर्षीया सेलमले थोमसन रोयटर्स फाउन्डेसनका प्रतिनिधिसँग भनिन्, म घृणित काममा छु भन्ने मलाई थाहा छ। तर यो काम छाडें भने मैले के खानु?
सेलम अहिले आफ्नो एक छिमेकीको घरमा आराम गरिरहेकी छन्। ती छिमेकी वयस्क छन् र उनी पनि यौनकर्मी हुन्। सेलम भन्छिन्, ‘म यहाँबाट बाहिर निस्कन चाहन्छु। तर बाहिर गएर के गरूँ?’
फाउन्डेसनले एक दर्जन यौनकर्मीसँग कुराकानी गरेको थियो। तीमध्ये पाँच जना नाबालिग थिए। बालिकाको यौन शोषणविरुद्ध सामाजिक कार्यकर्ता र अधिकारीहरुले काम त गरिहरेका छन्। तर उनीहरुका सामु अनेकौं व्यवधान छन्। अझ अहिले त कोरोना महामारी छँदै छ।
इथियोपियाको महिला, बालबालिका तथा युवा मन्त्रालयअन्तर्गतको बाल अधिकार विभागका निर्देशक बिकरी हैलु अबे सरकारले यौन शोषणविरुद्ध स्थानीय अधिकारीहरुलाई सहयोग गरिरहेको बताउँछन्।
उनी भन्छन्, ‘बालिकाहरुको सुरक्षाका लागि कैयौं महत्त्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेका छन्।’
उनका अनुसार यसका लागि एउटा १० वर्षे विशेष कार्यक्रम सुरु हुँदै छ। जहाँ ठूलो संख्यामा सामाजिक कार्यकर्ता परिचालित हुनेछन् भने उद्धारका लागि हटलाइन सेवा प्रवाह गरिनेछ। यस्तै यौन अपराधीहरुको अभिलेख राखिनेछ।
सामाजिक कार्यकर्ताका अनुसार गाउँका केही परिवार आफ्ना छोरीहरुलाई सहरमा नोकरी गर्न पठाउँछन्। जहाँ देह व्यापार उनीहरुका लागि पैसा कमाउने एकमात्र साधन रहन्छ।
धेरै युवतीहरु मानव तस्कर र दलालाई पैसा दिएर अझ राम्रो जीवनको खोजीमा साउदी अरेयिबा र युरोपतिर पनि जान चाहन्छन्।

गोन्डरमा फेमिली गाइडेन्स एसोसिएसन अफ इथियोपिया नामक एक संस्थाबाट सञ्चालित एक क्लिनिकका प्रमुख गेटासिउ फेन्टाहुनले भन्छन्, ‘उनीहरुका लागि बाँच्ने यो एक मात्र तरिका हो।’ संस्थाले विपन्नलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
गेटासिउका अनुसार होटल रेस्टुरेन्टमा वेटर्स र घरेलु कामदारका रुपमा कार्यरत धेरै युवती कोरोना महामारीका कारण बेरोजगार भएका छन्।
उनीहरु खाली हात आफ्नो गाउँ फर्कनु भन्दा देश व्यापारमा संलग्न भइरहेका छन्। महामारीले संसारका धेरै परिवारलाई गरिबीको चपेटामा धकेलेको छ। यस्तो अवस्थामा बालबालिका श्रममा बढी जोतिनुपर्ने र उमेरै नपुगी विवाह गर्न बाध्य हुने जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
विश्व बैंकले सन् २०२१ को अन्तसम्म कोरोना महामारीका कारण थप १५ करोड मानिस असाध्यै गरिबीको चपेटामा पर्ने चेतावनी दिएको छ।
गोन्डर र नजिकैको मामेताम सहरका सामाजिक कार्यकर्ताहरु किशोरीहरुलाई देह व्यपारबाट छुटाउन निकै कठिन रहेको बताउँछन्। किनभने उनीहरु आफ्नो उमेर सही बताउँदैनन्। यस्ता किशोरीहरुलाई सरकारी अधिकारीमाथि विश्वासै छैन। त्यसैले उनीहरु सहयोग माग्न पनि डराउँछन्।
गोन्डरमा तैनाथ एक प्रहरी अधिकारी अलमाज लाकेयू देह व्यापारमा संलग्न किशोरीहरु प्रहरीबाट भाग्न खोज्छन्। उनीहरुलाई प्रहरीले कतै गाउँ फर्काइदिने हो कि भन्ने चिन्ता हुन्छ।
लाकेयूले भने, ‘यसैले उनीहरुलाई सहयोग गर्न हामीलाई पनि निकै चुनौती छ।’

इसाई बहुल गोन्डरमा अधिकांश यौनकर्मी रातको समयमा बार र रेस्टुरेन्टमा भेटिन्छन्। हुन त उनीहरु वेटर्सको जसरी काम गरिरहेका देखिन्छन्। तर उनीहरुको भित्री धन्दा भने आफ्ना लागि राम्रो ग्राहकको खोजी नै हुन्छ।
बार र रेस्टुरन्टका मालिक पनि उनीहरुप्रति सकारात्मक नै हुन्छन्। कारण यस्ता यौनकर्मी महिलाबाट उनीहरुले कमिसन पाउँछन्।
यसै गरी धेरै जसो यौनकर्मीहरु गल्ली र चोकका कुनाकुनामा ग्राहकको प्रतीक्षामा भेटिन्छन्। उनीहरुले एक पटक कुनै पुरुषका साथ सुत्दा १०० बिर अर्थात् ३०० रुपैयाँ पाउँछन्। ग्राहक नपाउने युवतीले भने खुला आकाशमै रात बिताउनुपर्छ।
१२. इन्डोनेसिया
इन्डोनेसियामा देह व्यापार गैरकानुनी मानिन्छ। साथै यसलाई नैतिक अपराधका रुपमा पनि लिइन्छ। यति हुँदाहुँदै पनि मुसलमान बहुल इन्डोनेसियामा देह व्यापार निकै फैलिएको छ। यतिसम्म कि देहव्यापारीहरु संगठित रुपमा सक्रिय छन्। युनिसेफका अनुसार इन्डोनेसियामा देह व्यापारमा संलग्न ३० प्रतिशत युवती नाबालिग छन्।
११. स्विजरल्यान्ड
स्विजरल्यान्ड देह व्यापारमा ११ औं नम्बरमा छ। त्यहाँको देह व्यापारको क्षेत्रलाई ‘सेक्स रुम’ भनिन्छ। यसमा सरकारको आर्थिक सहयोग पनि छ। देह व्यापारका लागि सहर बाहिरको क्षेत्र तोकिएको छ भने त्यहाँ सुविधासम्पन्न कोठाहरु हुन्छन्। जस्तै – सावर, लकर, डेस्क, वासिङ मेसिनजनस्ता सामग्री राखिएका हुन्छछन्। ज्युरिख सहरले देह व्यापारको केन्द्र सहरभन्दा टाढा बसाल्नका लागि २६ लाख डलर खर्च गरेको छ।
१०. टर्की
टर्कीमा देह व्यापारलाई कानुनी मान्यता दिइएको छ। तर देह व्यापार बढाउन भने प्रतिबन्ध छ। टर्कीको आप्रवासी कानुनले देह व्यापारका लागि टर्की प्रवेश दिँदैन। यति हुँदाहुँदै पनि टर्की देह व्यापारमा विश्वमा १० औं नम्बरमा छ।
९. फिलिपिन्स
फिलिपिन्समा पनि देह व्यापार गैरकानुनी मान्छि। तर सबैलाई थाहा भएको कुरा के छ भने फिलिपिन्स यौन पर्यटनका लागि विश्वमै चर्चित छ। धेरै गरिबी र इन्टरनेटको सहज पहुँचका कारण यो देशमा यौन पर्यटनलाई चुम्बक जस्तै बनाइएको छ। बालबालिका पनि यसको सिकारमा छन्।
८. थाइल्यान्ड
थाइल्यान्ड पनि यौन पर्यटनका लागि प्रख्यात छ। यहाँ देह व्यापारलाई कानुनी मान्यता दिइएको छ। तर त्यसका लागि निश्चित क्षेत्र तोकिएको छ। कहिलेकाहीं स्थानीय अधिकारीहरुले यौनकर्मीको संरक्षण पनि गर्दछन्। भियतनाम युद्धपछि थाइल्यान्डमा यौन पर्यटन फस्टाएको हो।
७. भारत
विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा देह व्यापारका लागि स्पष्ट कानुन छैन। तर पैसाका लागि यौन व्यवसाय गर्न वैध मानिन्छ। सार्वजनिक स्थान र होटलमा यस्ता कार्य गर्न र यौन व्यवसाय फस्टाउने कार्य गर्न प्रतिबन्ध छ। निजी आवासमा वयस्क व्यक्तिसँग सहमतिमा यौन सम्पर्क गर्नु वैध मानिन्छ।

६. दक्षिण कोरिया
दक्षिण कोरियामा देह व्यापार गैरकानुनी मानिन्छ। तर दक्षिण कोरियाको एउटा महिलावादी संस्थाको प्रतिवेदनअनुसार यहाँ देह व्यापारमा वार्षिक १२ देखि १३ अर्ब डलर कारोबार हुन्छ। यो त्यहाँको जीडीपीको १.६ प्रतिशत हो। दक्षिण कोरियाका २० देखि ६४ वर्ष उमेर समूहका २० प्रतिशत पुरुष देह व्यापारका लागि मासिक ५८० डलर खर्च गर्छन्।
५. अमेरिका
अमेरिकामा देह व्यापार वैध मानिन्छ। तर नेवाडा राज्यका केही क्षेत्रमा भने यसलाई गैरकानुनी मानिएको छ। अमेरिकामा देह व्यापारका लागि आधिकारिक रुपमा आवेदन दिन सकिन्छ। यस्तो व्यवसायमा संलग्न व्यक्तिले कर, कर्मचारीको संरक्षण, न्यूनतम पारिश्रमिक, बिमा र स्वास्थ्य जाँचको मापदण्ड पालना गर्नुपर्छ। अमेरिका देह व्यापारमा विश्वमा पाँचौं नम्बरमा छ।
४. जर्मनी
जर्मनीमा देह व्यापार वैध मानिन्छ तर केही सामाजिक एवम् अधिकारसम्बन्धी नियम पालना गर्नैपर्छ। यौनकर्मीलाई पनि अन्य पेसामा जस्तौ सामाजिक सुरक्षा प्रदान गरिएको छ। देह व्यापारका लागि बाध्य पार्नु वा त्यहाँबाट फाइदा लिनुचाहिँ अपराध मानिन्छ। जर्मनीमा ४० हजार यौनकर्मी रहेको अनुमान छ।
३. जापान
देह व्यापार जापानको इतिहाससँग जोडिएको छ। सन् १९५६ मा जारी गरिएको ‘एन्टी प्रोस्टिट्युसन एक्ट’ अनुसार कोही व्यक्ति पनि यौनकर्मी बन्दैन र कोही पनि ग्राहक बन्दैन। यसो हुँदाहुँदै पनि जापानमा यौन उद्योग फस्टाउँदै गएको छ। तर यसलाई देह व्यापार मानिँदैन।
२. स्पेन
यूएन युनिभर्सिटीको एक प्रतिवेदनअनुसार ३९ प्रतिशत स्पेनिस पुरुषले एकपटक यौनकर्मीसँग सम्बन्ध राख्छन्। २००९ मा त्यहाँको स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षणमा पनि ३२ प्रतिशत पुरुषले यसलाई स्वीकार गरेका थिए। स्पेन देह व्यापारका लागि विश्वमा दोस्रो नम्बरमा छ।
१.चीन
सबैभन्दा बढी यौन व्यवसाय चीनमा हुन्छ। तर चीनमा देह व्यापार गैरकानुनी मानिन्छ। चीनमा यौनकर्मीलाई अन्य अपराधीलाई जस्तै व्यवहार गरिन्छ। समय समयमा प्रहरीले छापा मार्दै आएको छ। तर पनि मसार्ज पार्लर, बार, नाइट क्लबमा यो व्यवसाय फस्टाउँदै आएको छ।
डीडब्ल्यूकमबाट