शुक्रबार, फागुन २९, २०८२

गरिबीका कारण परिवारका चार सदस्यको हत्यापछि आत्महत्या

भारतको छत्तीसगढ राज्यमा पर्ने रायपुरमा गरिबीका कारण एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरी आत्महत्या गरेका छन्।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

भारतको छत्तीसगढ राज्यमा पर्ने रायपुरमा गरिबीका कारण एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरी आत्महत्या गरेका छन्। 

National life

४० वर्षीय कमलेश साहुले ६० वर्षीया आमा ललिता बाई, ३५ वर्षीया पत्नी प्रमिला, १० वर्षीया छोरी कीर्ति र ४ वर्षीय छोराको हत्या गरी आफूले आत्महत्या गरेको छत्तीसगढ प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भनपुर थानाका प्रहरी अधिकारी गुलाब सिंहले सबै शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको बताएका छन्। 

कमलेश नयाँ रायमपुरमा श्रमिक थिए। गरिबीका कारण उनलाई परिवार पाल्न निकै सकस परेको थियो। साथै उनी, पत्नी र उनकी आमा दीर्घरोगी थिए। 

छत्तीसगढका गृहमन्त्री ताम्रध्वज साहुले घटनाबारे गम्भीर छानबिन प्रक्रिया थाल्न आदेश दिएका छन्।

Laxmi sunrise bank
kumari

उनले भनेका छन्, 'एकै परिवारका पाँच जनाको एकै साथ हत्या हुनु दुःखद हो। मैले रायपुरका एसएसपीलाई घटनाको हरेक कोणबाट अनुसन्धान गर्न आदेश दिएको छु। आवश्यक परे गुप्तचरको पनि सहयोग लिन भनेको छु।'

एसएसपी अजय यादवका अनुसार मंगलबार अबेरसम्म घरको ढोका नखुलेपछि गाउँलेले सोधपुछ गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थल राजधानी रायपुरबाट ४० किलोमिटर टाढा पर्छ।

प्रकाशित: Nov 17, 2020| 12:17 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।