शुक्रबार, फागुन २९, २०८२

विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी कोरोना संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

National life

संगठनका अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन्।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन्। 

संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएको जनाइएको छ।  

डब्ल्यूएचओले सामाजिक सञ्जाल ट्विटरबाट दिएको जानकारीअनुसार संक्रममण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ। 

Laxmi sunrise bank
kumari

त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्ल्यूएचओले जनाएको छ। 

जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ। रासस

प्रकाशित: Nov 17, 2020| 08:40 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।