आइतबार, भदौ २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने

उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने बताएका हुन् । 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- सरकारले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने भएको छ । 

आन्दोलनरत उखु किसानले आफूहरूले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने बताएका हुन् । 

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो। 

किसानहरूको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका थिए। 

मन्त्री भट्टले भने, 'उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं।'

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो। 

गत वर्ष ७ पुसमा उद्योगमन्त्रीले किसान र उद्योगीबीच एक महिनाभित्र उखुको बक्यौता भुक्तानी गर्ने कागज गराइदिएका थिए । तर मन्त्रीकै कागज गराएको एक वर्षसम्म पनि सर्लाहीका दुई चिनी मिलले ३० करोड अझै भुक्तानी दिएका छैनन् । 

प्रकाशित: Nov 09, 2020| 01:24 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।