आइतबार, भदौ २८, २०८३

बेनीमा कोरोना संक्रमित खोज्न घरघरै स्वास्थ्यकर्मी

पोखरा– लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अयिभान सुरु गरेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

पोखरा– लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अयिभान सुरु गरेको छ।

जनस्वास्थ्य सम्बन्धी मापदण्डबारे लेखिएको ब्यानरसहित जिल्ला संकट व्यव्स्थापन केन्द्र (डिसिसिएमसी) र स्वास्थ्य कार्यालयसँगको समन्वयमा स्वास्थ्यकर्मीले वडा नं ७ र ८ को घर–घरमा पुगेर कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको जाँच गरेका छन्। स्वास्थ्यकर्मीले मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम लगायत स्थानीयलाई कोरोनाविरुद्धको अभियानमा निरन्तर सक्रिय रहने भन्दै एकल तथा सामूहिक सपथ खुवाएका छन्। 

पहिलो चरणमा कोरोनाको उच्च जोखिममा रहेको बेनी बजारका २ वडाबाट सुरु गरिएको यो अभियान सबै वडामा लगिने बेनी नगरपालिकाले जनाएको छ। ट्राभल हिस्ट्रीसमेत नभएकामा पनि धमाधम कोरोना पुष्टि हुन थालेपछि संक्रमतिको कन्ट्याक्ट ट्रेसिङबाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिकाकी स्वास्थ्य संयोजक लीला गौतमले बताइन्।

‘यो सपथ कार्यक्रमलाई गाउँगाउँसम्म पुराउनेछौं,’ उनले भनिन्, ‘यो अभियानमा स्थानीयको ठूलो सहयोग चाहिन्छ।’पछिल्लो समय संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना देखिएपछि आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यकबाहेक अन्य सबैखाले सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेको बेनीबजारबाटै अभियानको सुरुआत गरेको हो।

अभियान अन्तर्गत जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक एवं प्रजिअ उमाकान्त अधिकारीले शंकास्पद बिरामीलाई तत्काल स्बाब संकलन गर्ने गरी तयारी गरिएको बताए। ‘हामीले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको सहयोगका लागि बेनी नगरपालिकाको अनुरोधमा अत्यावश्यकबाहेक सेवा बन्द गरेका छौं,’ उनले भने, ‘यसले कोरोना रोकथाममा सहयोग गर्नेछ, अब लुकीछिपी गाउँ जानेबाट कोरोनाको जोखिम बढेको छ।’

अभियानको क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकालाई घरमा अलग्गै बस्न, स्बाब संकलन गरेपछि रिर्पोट नआउँदासम्म घरबाट बाहिर ननिस्कन, स्वास्थ्यमा समस्या देखिएमा तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार सबैभन्दा जोखिम बजार क्षेत्र बेनीबजार नै भएकाले अवस्था हेरेर थप योजनासहित ग्रामीण क्षेत्रमा समेत प्रवेश गरिनेछ।

म्याग्दीमा हालसम्म १ हजार ९ सय ७४ स्वाब संकलन गरिएकोमा ११० जनाको पोजेटिभ आएको छ। जिल्लामा २७ जना संक्रिय संक्रमित छन्। ५ जना संस्थागत आइसोलेसन र बाँकी होम आइसोलोनमा छन्। ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 
 

प्रकाशित: Nov 09, 2020| 01:17 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।