आइतबार, भदौ २८, २०८३

चालकसँग ट्राफिकको एक मिनेट : के हुन्छ यो एक मिनेटमा ?

पोखरा– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्ग र सहरी क्षेत्रमा ‘चालकसँग १ मिनेट कार्यक्रम’सुरुआत गरेको छ। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

पोखरा– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्ग र सहरी क्षेत्रमा ‘चालकसँग १ मिनेट कार्यक्रम’सुरुआत गरेको छ। 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालको सहभागितामा पहिलो चरणमा एक महिनाका लागि दैनिक सञ्चालनमा ल्याइने कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्बर १० को औद्योगिक क्षेत्रगेटबाट आइतबार सुरुआत गरिएको छ।

कार्यालयका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक मनोजकुमार शाहीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या वृद्धि भएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै कार्यक्रम गर्न लागेको बताए। कार्यक्रमको बारेमा ट्राफिक कार्यालयले प्रकाशित विज्ञप्तिमा अभियानले सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागि सहयोग पुग्ने दाबी गरिएको छ।

‘कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारीसाधनलाई रोक्ने काम गर्छ। त्यसपछि चालकलाई सम्मानपूर्वक नमस्कार गर्दछ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि कोरोना भाइरसबाट सुरक्षित रहन सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गर्छ।’ सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट प्रयोग गर्न अनुरोध गरिने उल्लेख गर्दै विज्ञप्तिमा मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाउन आग्रह गरिने जनाइएको छ। 

प्रहरी निरीक्षक शाहीले मादक पदार्थ तथा नसाजन्य पदार्थहरु सेवन गरेर सवारी साधन नचलाउन अनुरोध गरिने बताए। अभियानको क्रममा तिब्र गतिमा सवारी साधन नचलाउन सवारी चालकलाई सचेतनामूलक सन्देश दिएर सुरक्षित यात्राको कामना गरी १ मिनेट भित्र बिदा गरिने छ।

प्रहरी निरीक्षक शाहीले राजमार्ग तथा सहरी क्षेत्रका गण्डकी प्रदेशका ११ जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ अस्थायी ट्राफिक प्रहरी पोस्टहरुले राजमार्ग तथा शहरी क्षेत्रमा एकै पटक कार्यक्रम सुरुआत गरेको बताए। उनले कोरोनाको संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्ने मुख्य लक्ष्यका साथ कार्यक्रम गरेको जानकारी दिए।

उनले ओभरस्पिड नियन्त्रण गर्नका लागि राजमार्ग तथा खुला सडकखण्डमा लेजरगनको प्रयोगबाट स्पिड मापन गर्ने र ओभरस्पिड गर्ने सवारी चालकलाई सचेत गराउने र कारबाही गर्नेसमेत गरिने बताए।

प्रकाशित: Nov 09, 2020| 01:09 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।