आइतबार, असार २८, २०८३

चोटका कारण फाटी पाँच महिनासम्म मैदान बाहिर रहनसक्ने

बार्सिलोनाका विंगर अन्सू फाटीलाई घुँडामा चोट लागेपछि उनी तीनदेखि पाँच महिनासम्म रेस्टमा बस्नुपर्ने भएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- बार्सिलोनाका विंगर अन्सू फाटीलाई घुँडामा चोट लागेपछि उनी तीनदेखि पाँच महिनासम्म रेस्टमा बस्नुपर्ने भएको छ। यो समयमा उनी मैदानबाहिर रहने छन्।

उनको घुँडाको जोर्नीमा कार्टिलेज जोड्ने टोर्न मेनिस्कस च्यातिएपछि उनी मैदानबाहिर रहने भएका हुन्।

शनिबार राति क्याम्प नाउमा सम्पन्न खेलमा उनी पहिलो हाफको अन्तिम समयमै घाइते भएका थिए। रियल बेटिसका एइसा मेन्डीले उनलाई मैदानमा लडाएपछि मेन्डी रातो कार्ड खाँदै बाहिरिएका थिए।

त्यसलगत्तै पाएको पेनाल्टीबाट लियोनल मेस्सीले गोल गरेका थिए। यता अन्सू भने पहिलो हाफ सकिएसँगै बाहिरिए।

खेलपछि गरिएको परीक्षणमा १८ वर्षीय फाटीको मेनिस्कसमा समस्या देखिएको उनका डाक्टर रिपोलले बताएका छन्।

उनको रिपोल एन्ड डि पद्रो स्पोर्ट क्लिनकले अन्सू तीनदेखि पाँच महिना मैदानबाहिर रहन सक्ने बताएको छ।

‘अब मेनिस्कस पुरानै अवस्थामा फर्कन समय लाग्छ। यसलाई सुरक्षा गर्नु अनिवार्य छ किनभने यसले कार्टिलेजलाई सुरक्षा दिने र सक लाग्नबाट बचाउने काम गर्छ,’ रिपेलले भने, ‘कार्टिलेजलाई बचाउन जरुरी हुन्छ।’

उनले थपे, ‘हामी तीन वा पाँच महिनाको समय मैदानबाहिर पठाउनेबारे कुरा गरिरहेका छौं।’

उनको लामो समयको रेष्टले क्याटलान क्लबका साथै स्पेनको राष्ट्रिय टिमलाई पनि बाधा पर्न सक्नेछ। पछिल्लो सिजनमा पनि बार्सिलोनाले खेलाडीको इन्ज्युरी समयको पीडा खप्नुपरेको थियो।

प्रकाशित: Nov 08, 2020| 10:12 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।