शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिहारमा अन्तिम चरणको निर्वाचन जारी, अल्पसंख्यकको भूमिका निर्णायक 

बिहारमा अन्तिम चरणको निर्वाचन जारी, अल्पसंख्यकको भूमिका निर्णायक 

अन्तिम चरणमा १५ जिल्लाबाट ७८ सिटका लागि १२०४ जनाले प्रतिस्पर्धिको भाग्यको फैसला आज हुनेछ। 
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं-  बिहारमा शनिबार विधानसभाको अन्तिम चरणको निर्वाचन भइरहेको छ। 

National life

७८ सिटका लागि भइरहेको बिहार विधानसभा निर्वाचनको तेस्रो र अन्तिम चरणमा १५ जिल्लाबाट ७८ सिटका लागि १२०४ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।  

उम्मेदवारमध्ये १०९४ पुरुष र ११० जना मात्र महिला छन्। यसअघि दुई चरणमा सम्पन्न मतदानमा १६५ सिटका लागि मतदाताले आफ्नो मत जाहेर गरिसकेका छन्। 

नयाँ गठजोडका कारण यो चुनावमा नीतीश कुमार नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का अगाडि आफ्नो ४३ सिट बचाउने चुनौती छ भने तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई सिट संख्या बढाउने चुनौती।

मतगणना १० नोभेम्बरमा हुनेछ। 

Laxmi sunrise bank
kumari

बिहारको कुल मुस्लिम जनसंख्याको करिब आधाभन्दा बढी मतदाता तेस्रो चरणमा हुन गइरहेको निर्वाचन क्षेत्रका छन्। त्यसैले मुस्लिम मतदाताको मत निर्णायक हुने विश्लेषकहरुको अनुमान छ। किनभने बिहारको निर्वाचनमा जातिवादले महत्वपूर्ण खेल्छ।

३१ प्रतिशतको आपराधिक रेकर्ड

एसोसिएसन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) र बिहार इलेक्ससन वाचको रिपोर्टका अनुसार तेस्रो चरणमा माननीय बन्ने लालसा राखेर चुनाव लडिरहेका कुल १२०४ उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता छन्। 

दागी उम्मेदवारको सर्वाधिक संख्या राष्ट्रिय जनता दल (राजद) मा छ। यसका ३२ उम्मेदवार आपराधिक चरित्रका छन् जसमध्ये २२ जना विरुद्ध हत्या र बलात्कार जस्ता गम्भीर आरोप लागेको छ। 

त्यस्तै भाजपाका २६ प्रतिस्पर्धीका नाममा आपराधिक रेकर्ड छ। यीमध्ये २२ माथि गम्भीर अपराधमा मुद्दा चलिरहेको छ। 

जबकि जनता दल यूनाइटेड (जदयू) का २१, जनअधिकार पार्टी (जाप) का २२, लोक जनता दल (लोजपा) का १८, कांग्रेसका १९ तथा राष्ट्रिय लोक समता पार्टी (रालोसपा) का १६ उम्मेदवारविरुद्ध कुनै न कुनै प्रकारको अपराधमा लिप्त भएको आरोप छ। 

यसका अतिरिक्त क्रिमिनल रेकर्ड भएका २३३ प्रतिस्पर्धी साना दलका र निर्दलीय उम्मेदवार छन्। 

३० प्रतिशत करोडपति

तेस्रो चरणका प्रतिस्पर्धीमध्ये ३० प्रतिशत अर्थात ३५१ उम्मेदवार करोडपति छन्। यीमध्ये सर्वाधिक धनी वारिसनगरबाट रालोसपाका उम्मेदवार बिनोद कुमार सिंंह हुन् जसको कुल सम्पत्ति झण्डै पाँच अर्ब रुपैयाँ बराबरको छ। 

दोस्रो नम्बरमा मोतिहारीबाट चुनाव लडिरहेका राजद उम्मेदवार ओम प्रकाश सिंंहको सम्पत्ति झण्डै एक अर्ब रुपैयाँ बराबरको छ। 

भाजपाका ३१, बसपाका १०, कांग्रेसका १७, राजदका ३५ लोजपाका ३१, जदयूका ३० उम्मेदवार करोडपति छन्। 
 

प्रकाशित: Nov 07, 2020| 10:05 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।