शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जितको घोषणा नगर्न ट्रम्पले चेतावनी दिएलगत्तै बाइडेनले भनेः हामी शत्रु होइनौँ  

जितको घोषणा नगर्न ट्रम्पले चेतावनी दिएलगत्तै बाइडेनले भनेः हामी शत्रु होइनौँ  

अमेरिकाको राष्ट्रपति पदका लागि जितको नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई चेतावनी दिँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले शनिबार विहानै आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिए।   
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- अमेरिकाको राष्ट्रपति पदका लागि जितको नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई चेतावनी दिँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले शनिबार विहानै आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिए।   

National life

उनले ट्वीटमा भने, ‘दाबी त म पनि गर्न सक्छु, नतिजा आउनुभन्दा पहिला स्वयंलाई विजेता घोषित नगर्नुस्।' उनले कानुनी प्रक्रियाको घुर्की लाउँदै लेखे– ‘बाइडेनले जित्ने दाबी गर्नु हुँदैनथ्यो। कानुनी प्रक्रिया भर्खरै सुरु भएको छ।’ 

ट्रम्पले विना आधारका आरोपहरु ट्वीट गरेको भन्दै ट्वीटरले उनका केही ट्वीट पनि नदेखिने बनाएपछि उनी थप आक्रोसित हुँदै ट्वीटर नियन्त्रण बाहिर गएको आरोप लगाउँदै कानुको २३० धारा समेत स्मरण गराउन भ्याए । 

ट्रम्प सम्भावित हारले रिसाएको बेला प्रतिस्पर्धी उम्मेद्वार डेमोक्र्याटिक पार्टीका जे बाइडेनले भने आफूहरु ‘प्रतिस्पर्धी हुन सक्ने तर शत्रु नभएको’ सन्देश दिएका छन्। 

गृह राज्य डेलवरको कार्यक्रममा नेपाली समयअनुसार शनिबार विहान सम्बोधन गर्दै वाइडेनले भने, ‘हामी यो दौड जित्दै छौँ। तर हरेक जनताका आवाज सुनिनुपर्छ र सुनिने छ।’ 

Laxmi sunrise bank
kumari

उनले आफू सत्तामा आएपछि आफूलाई मत दिने मात्र हाईन विपक्षमा मत दिनेहरु अर्थात सम्पूर्ण अमेरिकी जनताको राष्ट्रपतिका रुपमा प्रस्तुत हुने घोषणा समेत गरे। 

‘स्पष्ट बहुमतका साथ र देश हामीसँगै रहेर, हामीले यो निर्वाचन जित्दै छौँ’, बाइडेनले भने।  

उनले सम्बोधनमा कोरोना कहरलाई परास्त गर्नुपर्ने, संस्थागत रुपमा जरो गाडेर बसेको रंगभेदको अन्त्यका लागि काम गर्नुपर्ने, जलबायु परिवर्तनको पक्षमा काम गर्नुपर्ने लगायतका मुद्दामा आफूले काम थालिसकेको पनि बताए। 

प्रकाशित: Nov 07, 2020| 05:28 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।