मंगलबार, भदौ १६, २०८३

प्रदेश १ मा सार्वजनिक यातायात बन्दको घोषणा

प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

विराटनगर– प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ। 

प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यवसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन्। 

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले आफ्ना माग सम्बोधनका लागि पटक पटक सरकारलाई आग्रह गरे पनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए।

लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको ब्याजमा सहुलियत दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत ९ बुँदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए।

खत्रीले आइतबारबाट बस, टेम्पो, सिटी सफारी, ढुवानीका साधनलगायत सबै बन्द हुने बताएका छन्। 

प्रकाशित: Nov 06, 2020| 11:51 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।