शुक्रबार, फागुन २९, २०८२

अमेरिकी चुनावः जितको सप्तरंगी लहरमा सवार एलजीबीटी+ 

यो जित एलजीबीटीको स्वीकार्यतामा ठूलो फड्को हो।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं-  अमेरिकी चुनावमा पहिलो पटक सार्वजनिक रुपमा ज्ञात ट्रान्सजेन्डर सारा म्याकब्राइडले प्रान्तीय सिनेटमा स्थान पाएका छन्। सन् २०२० निर्वाचनको परिणाम प्रस्ट हुँदै गर्दा अमेरिकामा एलजीबीटी सिनेटरको सप्तरंगी लहर देख्न सकिन्छ। 

National life

एलजीबीटी+ (यौनिक अल्पसंख्यक) उम्मेदवारले २०२० को अमेरिकी निर्वाचनमा यसअघि भन्दा धेरै स्थानबाट ऐतिहासिक जीत हासिल गरेका छन्।

यसपटक निर्वाचनमा रेकर्ड संख्यामा उम्मेदवारी दिएका ५७४ एलजीबीटी+ उम्मेदवारमध्ये कम्तीमा ३५ ले प्रारम्भिक परिणाममा जित हासिलको खबर छ।

जित्नेमध्ये ३० वर्षीय ट्रान्सजेन्डर सारा म्याकब्राइट पनि छन्। उनी डेलावेयरमा प्रान्तीय सीट प्राप्त गर्ने हाई प्रोफाइल ट्रान्सजेन्डर राजनीतिज्ञ बनेकी छन्।

उनीबाहेक एफ्रो–ल्याटिनो समलिंगी रिची टोरेस र अश्वेत समलैंगिक मोन्डेयर जोन्स अमेरिकी कांग्रेसको प्रतिनिधि सभा सदस्य निर्वाचित पहिलो समलैंगिक नेता भएका छन्।

Laxmi sunrise bank
kumari

अमेरिकामा एलजीबीटी+ समुदायको अधिकारका लागि काम गर्ने जिल्याड नामक संस्थाका अध्यक्ष सारा केट एलिसले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘आज देशभर भएको अश्वेत र ट्रान्सजेन्डर एलजीबीटी अमेरिकी जनताको जित ऐतिहासिक छ र यो लामो समयदेखि अपेक्षित थियो।’ एलिसका अनुसार यो जित ‘एलजीबीटीको स्वीकार्यतामा ठूलो फड्को हो।’

सारा म्याकब्राइड सन् २०१६ को निर्वाचनमा देशको प्रमुख राजनीतिक दलको सम्मेलनमा सम्बोधन गर्ने खुला ट्रान्सजेन्डर व्यक्ति थिइन्। त्यसबेला उनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी थिइन् र अहिले डेलावेयर प्रान्तमा जित हासिल गरेर राज्यको सिनेटमा पुगेकी छन्। विजय सन्देश पाएलगत्तै ट्विट गरेकी उनले आफ्नो विजयबाट ‘एलजीबीटी बालबालिकालाई लोकतन्त्रमा उनीहरुका लागि पनि स्थान छ भन्ने महशुस हुने’ बताएकी छन्। 

यसै समुदायका अर्का विजेता मोरी टर्नर हुन्, जसले आफूलाई नन–बाइनरी अर्थात न त पुरुष न महिलाकै रुपमा देख्छिन्। एलजीबीटी भिक्ट्रि नामक संस्थाले टर्नरको ओकलाहोमामा भएको जित एक नन–बाइनरी मुसलमानको हैसियतमा यो पहिलो घटना भएको उल्लेख गरेको छ।

फ्लोरिडा राज्यको संसदका लागि निर्वाचित मिशेल रायनर पहिलो खुला एलजीबीटी अश्वेत महिला हुन्। त्यस्तै शेवरिन जोन्स फ्लोरिडाको प्रान्तीय सिनेटको पहिलो एलजीबीटी सदस्य र किम ज्याक्सन जर्जियाकी पहिलो खुला एलजीबीटी+ सांसद हुन्।

‘एडिसन रिसर्च’ एक्जिट पोलका अनुसार २०२० मा कुल मतदातामध्ये एलजीबीटी+ मतदाताको संख्या करिब ७ प्रतिशत छ। मानव अधिकार अभियानका अध्यक्ष अल्फोन्सो डेभिडले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पछिल्ला तीन निर्वाचनमा एलजीबीटी+ मतदाताको संख्या लगातार बढदै गएको छ, यसबाट हाम्रो समुदाय यस्तो बलियो मतदाता बर्गमा परिणत भएको छ, जसलाई लोभ्याउन राजनेतालाई अत्यावश्यक भइसकेको छ।’

अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका साथै प्रतिनिधि सभाका ४३५ सिट, सिनेटका १०० मध्ये ३५ र १३ गर्भनर पदका लागि समेत निर्वाचन भएको थियो।
- रोयटर्स 
 

प्रकाशित: Nov 04, 2020| 17:37 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।