अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ।
विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ।
आतङ्ककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ। आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ।
आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ ।