शनिबार, भदौ २७, २०८३

कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ ।

मछिन्द्र मावि केराबारी र जनपथमावि विराटनगरका शिक्षकको कोरोनाबाट मृत्यु भएको हो ।

मन्छिन्द्र माविका ५० वर्षीय शिक्षकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान मृत्यु भएको हो ।

दुई साता अघि कोरोना संक्रमण देखिएपछि केही दिन होमआईसोलेसनमा रहेका उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धरान लगिएको मन्छिन्द्र माविका प्रधानाध्यापक झलकप्रसाद पौडेलले जानकारी दिए । मृतक शिक्षक नसा सम्बन्धी रोगबाट पीडित थिए ।

जनपथ माविका ५४ वर्षीय शिक्षकको न्युरो अस्पताल विराटनगरमा सोमबार मृत्यु भएको जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार असोज २८ गते कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचार शुरु गरिएको थियो । विराटबाट कात्तिक १३ गते न्युरो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिक्षक मुटु र मृगौला रोगबाट पीडित थिए ।
 

प्रकाशित: Nov 03, 2020| 04:33 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।