विराटनगर- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ।
मछिन्द्र मावि केराबारी र जनपथमावि विराटनगरका शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
मन्छिन्द्र माविका ५० वर्षिय शिक्षकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान मृत्यु भएको हो।
दुई साता अघि कोरोना संक्रमण देखिएपछि केही दिन होमआईसोलेसनमा रहेका उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धरान लगिएको मन्छिन्द्र माविका प्रधानाध्यापक झलकप्रसाद पौडेलले बताए। मृतक शिक्षक नसा संबन्धि रोगबाट पीडित थिए।
जनपथ माविका ५४ बर्षीय शिक्षकको न्युरो अस्पताल विराटनगरमा सोमबार मृत्यु भएको जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले जानकारी दिए।
उनका अनुसार असोज २८ गते कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचार सुरु गरिएको थियो।
विराटबाट कात्तिक १३ गते न्युरो अस्पतालमा रेफर गरिएको थियो। मृतक शिक्षकमा मुटु, मृगौला रोगबाट पीडित थिए।