शनिबार, भदौ २७, २०८३

बेलबारीका यूवालाई स्वरोजगार बनाइँदै

मोरङको बेलबारी नगरपालिकाले युवालाई स्वरोजगार बनाउने भएको छ। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

विराटनगर– मोरङको बेलबारी नगरपालिकाले युवालाई स्वरोजगार बनाउने भएको छ। 

कोरोना भाइरसका कारण र बैदेशिक रोजगारीबाट घर फकिएर बेरोजगार बनेका युवाका लागि नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको हो। 

नगरपालिकाले युवालाई २ प्रतिशत व्याजमा ऋण दिने भएको छ। एक करोडको युवा स्वरोजगार कोष खडा गर्ने नगरपालिकाले जनाएको छ। 

बेरोजगार युवालाई स्वरोजगार बनाउनुपर्छ भनेर नगरपालिकाले आवस्यक कार्यविधि तयार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए। 

कार्यपालिका बैठकले कात्तिक १६ गते कार्यविधि पारित गरेको उनले बताए। नगरपालिका जमानी बसेर पाँच लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने प्रमुख सुवेदीले बताए। 

बैंक तथा बित्तिय सस्थालाई तिनुपर्ने थप ब्याज नगरपालिकाले भुक्तान गर्ने प्रमुख सुवेदीले बताए। 

युवा स्वरोजगार कार्यक्रममा सहभागि हुने युवा तथा युवा समूहले बिना धितो ऋण पाउने छन। कृषि, पशुपालन, माछापालन, व्यापार व्यावसाय गर्नेहरुका लागि नगरपालिकाले ऋण उपलब्ध गराउने छ। 

सामुहिक खेती तथा व्यापार व्यवसाय गर्नेहरूलाई पहिलो प्राथमिकता दिइने नगर प्रमुख सुवेदीले बताए। बेलबारी नगरपालिकाले आधारभूत तथा गरिब परिवार खाध्य सुरक्षा कार्यक्रम समेत संचालन गर्ने भएको छ। 

आफूले उत्पादन गरेको अन्नबालीको ३ महिना भन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरीबाट दैनिक गुजारा चलाउने परिवारलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेको हो। 

गरिबीको रेखा मुनि रहेका परिवारहरूको आर्थिक अवस्था उकास्नका लागि उनीहरूको चाहना अनुसारका आयआर्जनमुखी कार्यक्रम गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए। 

प्रकाशित: Nov 03, 2020| 04:01 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।