काठमाडौं- प्रहरीले हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारमा संलग्न तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट बरामद भएको एक करोड रुपैयाँ हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको दाबी छ।
व्युरोले सोमबार बेलुकी पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए।