शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अस्ट्रियाको राजधानी भियनामा आतंककारी हमला, कम्तीमा दुई जनाको मृत्यु

अस्ट्रियाको राजधानी भियनामा आतंककारी हमला, कम्तीमा दुई जनाको मृत्यु

अस्ट्रियाको राजधानी भियनामाआतंकवादी हमला भएको छ। त्यहाँको प्रहरीका अनुसार उक्त हमलामा कम्तीमा दुईजना मारिएको पुष्टि भएको छ। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं- अस्ट्रियाको राजधानी भियनामा आतंकवादी हमला भएको छ।

National life

त्यहाँको प्रहरीका अनुसार उक्त हमलामा कम्तीमा दुईजना मारिएको पुष्टि भएको छ। 

अन्य १४ जना घाइते भएको र एकजना आक्रमणकारी पनि मारिएको बीबीसीले उल्लेख गरेको छ।  

राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ।

प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडियाेमा देखिन्छ।

Laxmi sunrise bank
kumari

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले ‘घृणित आतंवादी हमला’ भनेका छन्।

एक हमलाकारी मारिएका र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कम्तीमा अर्का एकजना आक्रमणकारीको खोजी भइरहेको बताइएको छ।

एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन्।

सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ।
 

प्रकाशित: Nov 03, 2020| 02:55 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।