शनिबार, भदौ २७, २०८३

कांग्रेस सांसद सूर्यबहादुर केसीको घरमै निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । 

लामो समयदेखि सुगर र प्रेसरबाट पीडित उनको सोमबार राति घरमै निधन भएको हो । 

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनी समानुपातिक सांसद हुन् ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उनको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ । 

प्रकाशित: Nov 03, 2020| 02:21 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।