मंगलबार, चैत ३, २०८२

हारको शृंखला तोड्दै दिल्ली आईपीएलको क्वालिफायरमा

मंगलबारको लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग खेल्दैछ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं– चार हारपछि पहिलो जित निकाल्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग(आईपीएल)को क्वालिफायरमा स्थान बनाएको छ। अबुधाबीमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई ६ विकेटले हराएको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५२ रन बनायो। १५३ रनको लक्ष्यका साथ मैदान पसेको दिल्लीले १९ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

दिल्लीको जितका लागि अजिंक्य रहाणेले सर्वाधिक ६० रन बनाए। त्यस्तै शिखर धवनले ५४ रनको अर्धसतकिय पारी खेले। यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

यता बैंगलोरका लागि शहबाज अहमदले दुई विकेट लिए भने मोहम्मद सिरज र वासिंटन सुन्दरले समान १–१ विकेट लिए।

त्यसपहिले ब्याटिङमा आएको बैंगलोरका लागि देवदत्त पडिक्कलले ५० रनको अर्धसतकिय पारी खेले भने एबी डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै, विराट कोहलीले १७, जोस फिलिप्सले १२, शिवम् दुवेले १७ रन बनाए।

Laxmi sunrise bank
kumari

यता  दिल्लीका लागि एनरिच नोर्तजेले तीन विकेट लिए भने कागिसो रबडाले दुई विकेट लिए। एक विकेट लिनेमा रविचन्द्र अश्विन रहे।

अब दिल्ली क्यापिटलले पहिलो क्वालिफयरको खेलमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

पराजित बैंगलोर पनि प्लेअफमा

दिल्लीसँग पराजित भए पनि बैंगलोरले प्लेअफको यात्रा तय गरेको छ। ऊ अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। प्ले अफमा पुग्ने अन्तिम टिमको टुंगो भने मंगलबारको खेलबाट लाग्नेछ।

मंगलबारको लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग खेल्दैछ।

यदि हैदराबादले जित निकालेकामा ऊ प्लेअफमा जनेछ। त्यसो नभएर मुम्बईसँग पराजय बेहोरेमा कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नेछ।

अहिलेको अंकतालिका

अहिले अंकतालिकामा १८ अंकका साथ मुम्बई शीर्षस्थानमा छ भने दिल्ली १६ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै १४ अंक बनाएको बैंगलोर तेस्रो स्थानमा छ।

समान १४ अंक बनाएको कोलकाता नाइट राइडर्स नेट रन रेटले पछि पर्दै चौथो स्थानमा छ।

समान १२ अंक बनाएको हैदराबाद, पञ्जाब, चेन्नई र राजस्थान क्रमशः पाँचौंदेखि आठौं स्थानमा छन्। हैदराबाद बाहेक अन्य टिमले आईपीएलको यात्रा पूरा गरेका छन्।

हैदराबादको भने लिग चरणमा एक खेल बाँकी छ। उसले जित निकालेमा प्लेअफमा पुग्नेछ।
 

प्रकाशित: Nov 03, 2020| 00:16 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।