शुक्रबार, फागुन २९, २०८२

काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु

अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

एजेन्सी- अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। 

National life

सोमबार दिउँसो भएको आक्रमणमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। 

अधिकारीहरुका अनुसार आक्रमणमा तीन जना हतियारधारी सहभागी थिए। जसमध्ये एकजना सुरुमा गएर आत्मघाती विस्फोट गराएको र अन्य दुईजनाले त्यसपछि प्रवेश गरी गोली चलाएको त्यहाँका आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक अरियनले बताए।

अफगानिस्तानमा संघर्षरत तालिबान विद्रोही संगठनले विश्वविद्यालयमा आफूहरुले आक्रमण नगरेको बताएको छ। 

अफगानिस्तानमा यो वर्ष इस्लामिक चरमपन्थी समूहमा आबद्ध विभिन्न संगठनले थुप्रै शैक्षिक केन्द्रहरुमा आक्रमण गरेका छन्। 

Laxmi sunrise bank
kumari

आजको आक्रमणमा ज्यान गुमाउने र घाइते हुने अधिकांश विद्यार्थी रहेको काबुल प्रहरी प्रवक्ता फेरदावज फरमार्जले बताएका छन्। 

इरानको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता हामिद ओबैदीले विश्वविद्यालयमा ईरानी पुस्तक मेलाको उद्घाटन गर्न सरकारी अधिकारीहरु आउँदै गरेको समयमा आक्रमण भएको उल्लेख गरेका छन्।

प्रकाशित: Nov 02, 2020| 14:20 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।